नेकपा प्रचण्ड-मावध पक्षको अन्तिम बैठकबाट गरेको निष्कर्ष बारे नेता नारायणकाजी श्रेष्ठले बोलेको जस्ताको तस्तै

२४ फागुन, काठमाण्डौ । आज हाम्रो पार्टी नेकपाको स्थायी समितिको बैठक बस्यो र यो बैठकले हिजो सर्वोच्च अदालतले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपा का सन्दर्भमा गरेको फैसला बारे गम्भीर छलफल गर्यो । सर्वोच्च अदालतले गरेको फैसला रिट निवेदकको मागदाबीबाट भन्दा बाहिर गएर गरिएको राजनीतिक फैसलाको रुपमा लिएको छ । पार्टीको नाम सम्बन्धमा परेको रिट निवेदन हुंदाहुंदै नामका बारेमा निष्कर्ष निकाल्नुपर्ने आदेश गर्नुपर्ने त्यसको उत्तरदायित्व जिम्मेवारी हुंदाहुंदै त्यो भन्दा बाहिर गएर फैसला गरिएको छ ।

पार्टीको नामको बारेमा रिट निवेदकको दावी अनुसार फैसला हुंदा हामीले त्यसलाई स्वागत नै गर्ने थियौं तर रिट निवेदकको माग दावी भन्दा बाहिर गएर कुनै राजनीतिक पार्टीको एकता गर्ने, एकीकृत पार्टीलाई विभाजन गर्ने, पुन फैसला सर्वोच्व अदालतले सुनाएको छ त्यसप्रति हाम्रो गम्भीर असहमति छ, यो अस्वभाविक छ, अनुपयुक्त छ, गलत छ, त्यसैले यो फैसलाप्रति गम्भीर असहमति हामिले राखेका छौं । सर्वोच्चको फैसला प्रति हाम्रो गम्भीर असहमति हुँदाहुँदै पनि अदालतको फैसला आफ्नै ढंगले कार्यन्वयनमा जाने स्पट नै छ । यस फैसला हामीले राजनीतिक रुपमा आफ्नो दृष्टिकोण र बिचार राख्ने र त्यसलाई अगाडि बढाउने र कानूनी रुपमा उपचार खोच्ने र संघर्ष गर्ने प्रक्रिया अगाडी बढाउने छौं । त्यसको साथसाथै आजको बैठकले नेपाली कम्युनिष्ट आन्दोलनको २००६ सालदेखि आज सम्मको विकास क्रम मुख्यतय २०७५ जेष्ठ ३ गते हाम्रा तत्कालीन दुई पार्टीहरु नेकपा माओवादी केन्द्र र नेकपा (एमाले) को एकीकरण गरी निर्माण गरिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको उद्देश्यका बारेमा अबिचलित रुपमा अगाडी बढ्ने संकल्प गरेको छ ।

बिशेषतः हामीले नेपालमा सात दशकभन्दा बढी लामो संघर्ष गरेर जुन नयाँ ढाँचाको लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादको हुन् समावेसी लोकतन्त्रलाई संविधानमा संस्थागत गरेका छौं । त्यसलाई कार्यान्वयन गर्दै सामाजिक न्यायसहित सम्वृद्धिको लक्ष्य हासिल गर्ने समाजवादको आधार तयार पार्ने र समाजवाद स्थापना गर्ने बाटोमा अगाडि बढ्ने उद्देश्यका साथ जुन पार्टी एकता गरेका थियौ त्यो उद्देश्य सही थियो र त्यो उद्देश्यलाई केन्द्रमा राखेर पार्टी एकता सही थियो भनेर समिक्षा गरेका छौं । अब पनि नेपालको कम्युनिस्टहरुलाई एउटै केन्द्रमा ल्याउने पहलकदमी र प्रक्रिया जारी राख्ने छौं, वामपन्थी एकताको पहल लाई जारी राख्नेछौं र संविधानको कार्यान्वयन गर्दै नेपाललाई समृद्ध नेपाल बनाउने र त्यो समृद्धिको प्रतिफल आमजनतालाई दिने गरी अगाडि बढ्न अरु सबै लोकतान्त्रिक शक्ति हरुसंग पनि एकताबद्ध भएस अगाडी बढ्ने निष्कर्ष पनि आजको बैठकले निकालेको छ ।

पत्रकारहरुको प्रश्नमा नेता श्रेष्ठले भने, हैन हामी सर्वोच्व अदालतको फैसालप्रति गम्भीर सहमति गरौं, यो राजनीतिक फैसाल हो भन्यौ । तर फैसला कार्यान्वयन प्रक्रियाको जाने क्रममा अदालतले भने अनुसार तात्कालीन माओवादी केन्द्र र नेकपा एमाले बन्नै भयो । यद्देपी हामी न्यायिक पुनरावलोकनको प्रक्रियामा पनि हामी जांदैछौ । राजनीतिक ढंगले यसको असहमति र प्रतिवाद गरेकै छौं । त्यस क्रममा हामीले पार्टी एकता उद्देश्य सही भएको पार्टी एकता कार्य पनि सही भएकाले त्यस सवालमा अगाडी बढ्न जे सम्भव छ त्यही पहल कदमी चाल्न हामी जारी राख्दछौं ।

पत्रकारहरुको अर्को प्रश्नमा नेता श्रेष्ठले, यस प्रकारको बैठक जो नेकपा कम्युनिष्ट पार्टीको थियो जो यस चरणमा यो अन्तिम हुनेछ । सर्वोच्व अदालतको फैसला त कार्यान्ययनको प्रक्रियामा जाने नै भयो । हाम्रो न्यायीक पुनरावलोकन पछि नयां निर्णय भए अनुसार त्यही अनुसार हुनेछ वा हाम्रो दुई पार्टी बिचमा नयां ढंगको एकीकरणको पहल वा हाम्रो एकीकृत पार्टीलाई कायम राख्ने पहल भयो भने त्यही ढंगको हुनेछ तर तत्काललाई भने सर्वोच्व अदालतको फैसाल कार्यान्वयन अन्तर्गत माओवादी केन्द्र र नेकपा एमाले प्रक्रिया अगाढी बढ्ने यध्यपी त्यो औपाचारिक रुपमा भने सर्वोच्व अदालतको फैसला अनुरुप त्यसलाई कार्यन्वय गनुपर्र्ने निर्वाचन आयोगले हामीलाई औपचारिक रुपमा हामीलाई पत्र लेखेपछि त्यो अनुसार हामी निर्वाचन आयोगमा गएपछि कार्यन्वयन हुन्छ ।

पत्रकारको अर्को प्रश्नमा नेता श्रेष्ठले, नेपालका सबै कम्युनिष्ट अर्को एकीकरणको प्रक्रियालाई अगाडि बढ्नुपर्छ जारी राख्छौं । कहिल्यै भनेका छौं कि राजनीतिक वैधताको कोणबाट पनि प्रधानमन्त्री केपी ओलीले यो प्रतिनिभिसभा विघटनको कदम असंवैधानिक ठहर सर्वोच्व अदालतले भनि सकेपछि राजीनामा दिनुपर्थ्यो । दोस्रो सर्वोच्व अदालतको हिजोको फैसाला पछि पनि उहाँले राजीनामा दिने बाध्यात्मक सृजना हुंदैछ हामी त्यसलाई आवश्यकता अनुसार अगाडी बढ्छौ ।