Breaking News

रिङरोडमा बख्तरबन्द गाडी गुडाउँदैमा हामी तर्सदैनौं : माधव नेपाल

२३ माघ, काठमाडौं । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव(समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले जेजे गर्छन्, त्यो मानेर तामासा हेरेर नबस्ने बताएका छन् ।
अहिलेको विवाद नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक विवाद मात्र नभएको उनले बताए । नेपालले भने, यो देशको मामिला भयो, लोकतन्त्र र संविधानको मामिला भयो ।
त्यसको विरोधमा आफूहरु सडक संघर्षमा रहेका बेला ओलीले राज्य संयन्त्रहरु कब्जा गर्ने गरी संवैधानिक निकायहरुमा असंवैधानिक रुपमा नियुक्ति गरेकाले आमहड्तालमा उत्रिनु परेको उनले बताए । बन्दका कारण दैनिक ज्याला मजदुरी गर्ने, बिरामी लगायतलाई बढी असर गरेको भन्दै उनले माफी मागे ।
उनले अघि भने यसले सन्देश गएको छ केपी ओलीले जे जे गर्छन् खुरुखुरु मानेर तमासा हेर्ने वाला छैनौं । रिङरोडमा नेपाली सेनाको बख्तरबन्द गाडी गुडाउँदैमा कोही नतर्सने उनले बताए ।