Breaking News

सभामुख अग्निप्रसाद सापकोटाद्धारा संवैधानिक निकायमा नियुक्ति भएका सबैलाई विपक्षी बनाएर मुद्दा दायर

२३ माघ, काठमाडौं । हालै मात्र संवैधानिक निकायमा नियुक्त गरिएको पदाधिकारीउपर सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा नियुक्ति भएका सबैलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् ।

संसदीइ सुनुवाइ नगरी अख्तियार लगायतका संवैधानिक निकायको नियुक्ति बदर गर्न माग गर्दै उनले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

’राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक परिषद्का सचिव रहने मुख्य सचिव लगायत नियुक्ति भएका सबैलाई मुद्दामा विपक्षी बनाइएको छ’, सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानले भने, ’उहाँले नियुक्ति गैरसंवैधानिक भएको बताउँदै आउनु भएको छ ।

सभामुख सापकोटाले आजै सर्वोच्च पुगेर रिट दायर गरेका हुन् ।

सरकारले संवैधानिक निकायमा नियुक्तिका लागि अध्यादेश जारी गर्दै उपस्थितिको बहुमतले नियुक्ति गर्न सक्ने प्रावधान गरेको थियो ।

संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई संसदीय सुनुवाइबिनै बुधबार शीतल निवासमा शपथ गराइएको थियो।