Breaking News

धर्मेन्द्र बाँस्तोला रिहा लगत्तै पुनः पक्राउ

२२ माघ, काठमाण्डौ । नेकपा ‘विप्लव’ समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई रिहा गर्न आदेश सर्वोच्चले दिएको थिाये तर बास्तोलालाई अदालतले आज बिहीबार बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत रिहा गर्न आदेश दिएको हो । न्यायाधीशद्वय दीपकुमार कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासले नेता बाँस्तोलालाई फरक विचार र आस्था राखेकै आधारमा पक्राउ गर्न नपाईने भन्दै बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

जारी बन्दी प्रत्यक्षीकरण आदेशमा बास्तोलामाथि लगाइएको आरोपमा वस्तुनिष्ठ आधार प्रमाण नभएको, पक्राउको पृष्ठभूमि हेर्दा फरक विचार र आस्था राखकै कारणबाट पक्राउ गरिएको ठहर गरिएको छ । तर अदालतबाट बन्दीप्रत्यक्षीकरण आदेश जारी भएर रिहा भएलगत्तै बाँस्तोलालाई फेरि प्रहरीले पक्राउ गरेको छ । नेता बास्तोलालाई अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको जनाइएको छ ।

बाँस्तोलालाई पुस २९ गते ललितपुरको गिम्दीबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि प्रहरीले विष्फोटक पदार्थ (बम) विष्फोट गराई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगमा ललितपुर जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।