प्रधानमन्त्रीद्धारा निर्वाचन आयोगका आयुक्तहरुसँग छलफल : ढुक्क भएर कुनै शंका नगरी निर्वाचनमा केन्द्रीत हुनुहोस्

५ पुस, काठमाडौं । निर्वाचन आयोगका आयुक्तहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकार अब निर्वाचन गराउनेमा केन्द्रीत भएको उल्लेख गर्दै आयोगलाई कुनै शंका नगरि निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिएका छन् ।

’प्रधानमन्त्रीले सरकारले के गर्नुपर्छ भन्नुहोस् पैसा चाहिए उहाँलाई भन्नुहोस् भनेर अर्थमन्त्री तिर औँला देखाउनुभयो’, भने, ’सुरक्षाको काम केही आवश्यक भए उहाँ गृहमन्त्रीलाई भन्नुहोस् भनेर भन्नुभयो ।

निर्वाचन आयोगले प्रधानमन्त्री ओलीलाई निर्वाचन गराउनका लागि बजेट, कानुन, सुरक्षा, कर्मचारीको आवश्यकता रहेको बताएको थियो ।

जवाफमा ओलीले सरकारले सम्पूर्ण व्यवस्था गर्ने उल्लेख गर्दै ढुक्क भएर निर्वाचनको तयारी गर्न सुझाएका थिए ।

लोकतन्त्र चाहानेले निर्वाचनको विरोध गर्दैन’, ओलीले आयुक्तहरुसँग भने, ’ढुक्कले तयारी गर्नुस् । सरकारलाई कुनै अनावश्यक साथ (अन डिउ फेभर) चाहिदैँन । निष्पक्ष निर्वाचन गराउनुहोस् ।

निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गराउन सरकारलाई सुझाएको छ । ’२७ गते एकैचरणमा निर्वाचन गराउन सकिन्छ त्यसो भए खर्च कम लाग्छ भनेर हामीले भनेका छौँ’, ती आयुक्तले भने ।