‘प्रचण्ड’ माधव पक्षीय विद्यार्थी संगठनको भेला पेरिसडाँडामा

१९ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन भेला पेरिसडाँडामा हुने भएको छ । भेलालाई प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य र केन्द्रीय नेताहरुले शुक्रबार दिउँसो १ बजे सम्बोधन गर्ने भएका हुन् ।

प्रचण्ड, नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेताहरुलाई भेटेपछि विद्यार्थी संगठनका नेताहरुले आफ्नो पक्षको भेला गर्न लागेका हुन् । भेलालाई स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने,रामकुमारी झाँक्री, ठाकुर गैरेलगायतले सम्बोधन गर्ने अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले बताए।

अर्का अध्यक्ष केपी ओली पक्षका विद्यार्थी संगठनले देशैभर भेला गर्न थालेकाले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीले पार्टी कार्यालय पेरिसडाँडामा भेला गर्न लागेका हुन् । पार्टीमा समस्या छन्, ती विषयमा विद्यार्थी नेताहरुलाई भन्नुपर्ने भयो’ तामाङले भने, ‘कसले पार्टीमा विधि पद्धती उल्लंघन ग¥यो कसले पार्टीमा समस्या निम्त्यायो रु पार्टी कसले विभाजन गर्न खोज्यो त्यो सबै स्पष्ट पार्न बैठकमा भन्नुपर्ने भयो।’ पार्टीभित्र देखिएका समस्या सबै विद्यार्थीलाई भेटेर स्पष्ट पारिने तामाङले बताए ।

पार्टीको भविष्य नै अनिश्चित

सत्तारुढ दल नेकपाका दुइअध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल समूहबीचको तिक्तताले पार्टीको भविष्य अनिश्चित जस्तै हुन पुगेको छ । एउटा अध्यक्षले अर्कोमाथि आरोपको फेहरिस्त पेश गर्ने र बैठक आव्हान पनि प्रतिशोधको बिषय बन्नेसम्मको स्थितिमा पुगेको नेकपाको भविष्यबारे पार्टी पंङ्तिमै अन्योल छ ।

करिब वर्ष दिनदेखिको यो विवाद विग्रहतिरै उद्यत देखिएको छ। बालुवाटारस्थित आफ्नै निवासमा बुधबार सचिवालय बैठक बसिरहँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली छेवैको भवनमा थिए । तर उनी बैठकमा सहभागि भएनन् । अर्का अध्यक्ष दाहालले पेश गरेको प्रस्ताव फिर्ता हुनुपर्ने अडान राख्दै आएका ओली सकेसम्म बैठकबाट पन्छिने र दबाब बढाउँदै शक्ति बाँडफाँटबाटै समाधान गर्न चाहन्छन् ।

सचिवालयमा अल्पमतमा परेपछि ओलीले निर्णय नै नमान्ने भन्दै पार्टीलाई नै चुनौति दिइरहेका छन् । आफूले भनेको नहुने भएपछि सचिवालय नै विघटन गर्नेसम्मको सोचमा ओली पक्ष देखिन्छ । ओलीको व्यवहारप्रति दाहालसहित बहुमत नेताहरु भने झुक्ने पक्षमा देखिन्नन् ।

यसअघि बारम्बार आफ्नै अडान राख्दै आएका ओलीले पार्टी निर्णय नमानेको निष्कर्ष निकालेको दाहाल पक्षले भने प्रस्ताव फिर्ता नलिने र विवादका सबै मुद्धा पार्टी बैठकबाटै किनारा लगाउनुपर्नेमा टसको मस छैन् । त्यसैले यो पक्ष जसरी पनि ओलीकै उपस्थितिमा बैठक राखेर उनलाई पेलेरै जाने रणनीतिमा छ ।

खासमा अहिलेको बिवादमा ओली पक्ष रक्षात्मक अवस्थामा छ । तर प्रधानमन्त्री सजिलै पछाडि हट्ने देखिदैनन् । अन्तिम अवस्थामा कुनै पद छाड्नै परे उनी सकभर दाहाललाई माथि पर्न नदिने रणनितीमा छन् । त्यो अवस्थामा वरिष्ठनेता माधव नेपाललाई अध्यक्षमा प्रस्ताव गर्ने र आफू पुरै कार्यकाल प्रधानमन्त्री बन्नेगरि अघि बढ्न सक्छन् ।

महाधिवेशनको सामना गर्न डराएको ओलीको आरोप

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीले तोकेको आफनो जिम्मेवारी कुनै पूरा नगर्ने तर सरकार सञ्चालनमा सधैँ ‘कचकच गर्ने’ प्रचण्डका बानीका कारण आफू आजित भएको ओलीले सार्वजनिक रूपमा भन्दै आएका छन्। बाहिर-बाहिर विधि र पद्धतिका कुरा गर्ने तर केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार महाधिवेशनमा जान हिच्किचाउने र महाधिवेशनअघि नै ‘कु’को शैलीमा नेतृत्व हत्याउन लागेको ओलीले गत मंसिर १३ गते आफ्नो सम्बोधनबाट आरोप लगाइसकेका छन्।

“मेरो मनमा एउटा गंभीर प्रश्न छ– चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किनरु के कमरेडहरूलाई महाधिवेशनमा आउने प्रतिनिधिहरूको विवेकमाथि विश्वास छैन,” ओलीले प्रचण्ड-नेपाल समूहको महाधिवेशनप्रतिको उदासीनतावारे प्रश्न उठाएका छन्।

चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा जित हासिल हुनेछ भन्नेमा विश्वास टुटेकाले अहिल्यै नै नेतृत्व हत्याउन खोजेको होरु भनेर प्रश्न गरेका छन् । “दुई वर्षपछि आम निर्वाचन हुन्छ। मेरो विश्वास छ– नेकपाको विजय यात्रा जारी नै रहनेछ, त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ ।

के कमरेडहरूमा दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो,” ओलीले प्रचण्ड-नेपाल समूहलाई प्रश्न गरेका छन्, “होइन भने, फेरि किन सधैँभरि सरकार परिवर्तनको दौडधूप, चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौँ भने हामीसँग लाखौँ कार्यकर्ताहरूको नेतृत्व गर्ने नैतिकता कहाँ बाँकी रहन्छ ”