प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टीमा बिग्रह आएको हो

स्थायी कमिटी सदस्य ,अष्टलक्ष्मी शाक्य

१५ मंसिर, काठमाण्डौ । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय स्वीकार्नु पर्ने बताएकी छन् ।

सेतोपाटीसँग कुराकानी गर्दै स्थायी कमिटी सदस्य शाक्यले पार्टीले कुनै पदबाट बिदा गर्न चाहे प्रधानमन्त्री ओली बिदा हुनु पर्ने बताइन् ।

आफू अध्यक्ष नभए पार्टी सकिने र प्रधानमन्त्री नभएमा देश सकिने खालको सोच नराख्नसमेत प्रधानमन्त्रीलाई उनको सुझाव छ ।

‘उहाँले अब सक्नुहुन्न ठूल्ठूला कुरा गरेर हुँदैन। मान्छेलाई धम्क्याएर लोभ देखाएर चल्दैन, सबैभन्दा पहिला दुइटा प्रतिवेदनमा छलफल चलाउनप¥यो । स्थायी र केन्द्रीय कमिटीमा पनि छलफल हुनप¥यो,’ उनले भनिन् ‘उहाँलाई बाटो देखाइदिन सक्छौं, उहाँले सहजता अपनाउनु पर्छ । उहाँ नै उदाहरण बन्नुपर्छ । पार्टीले यो पदबाट बिदा लिनुप¥यो भन्यो भने मान्नुपर्छ, पार्टीभन्दा उहाँ माथि होइन। उहाँले पार्टीको निर्णय मान्नुपर्छ । ’

उनले सचिवालयमा आएका दुबै प्रतिवेदनलाई स्थायी कमिटीमा ल्याउनु पर्नेसमेत बताएकी छन् ।
‘अहिले प्रतिवेदन फिर्ता गर्ने होइन, सचिवालयमा आएपछि फिर्ता लिनेभन्दा पनि खुलेर छलफल गरौं भन्ने हो । सरकारले गरेको कामको मूल्यांकन गरौं । प्रचण्डको प्रतिवेदनले कमीकमजोरीको उजागर गरेको छ, त्यसबारे छलफल गरौं,’ उनले भनिन् ‘एक अर्कामा लागेका आरोपबारे पनि सहजतापूर्वक छलफल गरेर जान सकिन्छ । प्रचण्डले गलत आरोप लगाएजस्तो लाग्दैन । यो प्रस्ताव प्रचण्ड कामरेडको मात्रै होइन, पाँचै जना नेताको संयुक्त हो ।’

कुराकानीका मुख्य अंशः हामी यहाँ उतार्न चाहन्छौं :

(प्रचण्डको प्रतिवेदनमा आरोपका लागिमात्रै आरोप लगाएजस्तो लाग्दैन। सत्य तथ्यमै होला । यसलाई गलत होजस्तो लाग्छ भने केपी कमरेडले तथ्यले चिर्न सक्नुहुन्छ । आत्तिन जरुरी छैन ।

(प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टीमा बिग्रह आएको हो । यो जटिलताको जिम्मेवार उहाँ नै हो । प्रचण्डको प्रतिवेदनमा सहजतापूर्वक भाग लिनुस् । यसलाई मान्दै मान्दिनँ भन्ने होइन ।

(१६ गतेको बैठकमा यसबारे छलफल हुन्छ । त्यसपछि दुबै प्रतिवेदनबारे छलफल चलाउनु पर्छ । छलफल चलाउँदा अन्तरपार्टी संघर्षलाई अंगाल्नुपर्छ । गाली गलौजको शैलीमा गर्नु हुँदैन । संयम भएर छलफल चलाउनु पर्छ ।

(एकले अर्कालाई नटेर्ने, आक्रोशपूर्ण व्यवहार गर्ने, विरोधमा लागेको भनेर अराजक शैलीमा प्रस्तुत हुन पाइँदैन । आचासंहिता बनाएर छलफल चलाउनुपर्छ । हिजो पनि यस्ता खालका छलफल चलेकै थिए । यस्तो भएन भने पार्टी गतिशील हुँदैन । जीवित पार्टीमा यो जरूरी छ ।

(प्रचण्डको प्रतिवेदलाई उहाँले आरोप पत्र भन्न मिल्दैन । त्यसमा केही सत्यतथ्य छ । दुबै जना अध्यक्ष हो । प्रचण्डले राखेको प्रस्ताव फिर्ता लिने अनि ओलीले नलिने भन्ने हुँदैन । लिएमा दुबैले फिर्ता लिनुपर्छ तर अब यसलाई पार्टीमै छलफल चलाउनुपर्छ ।

(केपी कमरेडसँग प्रजातान्त्रिक र लोकतान्त्रिक सोच छैन । पार्टी विधिसम्मत ढंगले नचलाउने शैली उहाँमा छन् । उहाँको काम गर्ने शैली ठीक छैन ।

सेतोपाटीबाट