आज देशभरमा ४०४७ जना संक्रमित थपिए

२६ असोज, काठमाडौं । आज मुलुकमा ४ हजार ४७ जनालाई कोरोना भाइरसका संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा १४ हजार ५३० नमुना परीक्षण गर्दा १५६५ महिला र २४८२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो संगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएका छन् ।

देशभर ३३ हजार ८८० संक्रिय संक्रमित छन् । १९ हजार ९५७ होम र १३ हजार ९२३ संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २७९ जनाको आईसीयू र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

कहां कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २२८३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन् ।

मोरङका २२३ जना, सुनसरीका २४९, रुपन्देहीका १२५, सुर्खेतका १०१, काभ्रेका ९०, चितवनका ७७, कास्कीका ७६, मकवानपुरका ७५, झापाका ७१, नवलपुर र कैलाली ६५-६५ जना, बाँकेका ४५, तनहुँका ३७, प्युठान र बर्दिया २६-२६ जना, धनुषा र सिन्धुपाल्चोकका २५-२५ जना, नवलपरासीका २४, सप्तरी र लमजुङ २१-२१ जना, कञ्चनपुरका १८, पर्साका १७, रामेछाप र पाल्पाका १४-१४ जना, रौतहट, दाङ र दैलेख १३-१३ जना, धादिङ र बैतडीका १२-१२ जना तथा बारा, सिराहा, नुवाकोट र स्याङ्जाका ११-११ जनामा कोरोना संक्रमण देखिएको छ ।

गुल्मीका १० जना, जुम्लाका ९, महोत्तरी, सर्लाही, बाग्लुङ, अर्घाखाँची र कपिलवस्तुका ८-८ जना, दोलखाका ७, रसुवा, डडेलधुरा र दार्चुलाका ६-६ जना, इलामका ५, हुम्ला र बझाङका ४-४ जना, गोरखा, सल्यान र अछामका ३-३ जना, उदयपुर, ओखलढुंगा, खोटाङ, पाँचथर, रोल्पा २-२ जना तथा तेह्रथुम, धनकुटा, भोजपुर, सिन्धुली, पर्वत, मुस्ताङ, म्याग्दी, डोटी र बाजुरामा १र१ जनामा संक्रमण देखिएको छ ।