काठमाडौं । गएको भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले बिद्यार्थी भाईबहिनीमाथि ताकिताकि गोली हानेर १९ जनाको आन्दोलनकै क्रममा ४ जनाको उपाचारकै क्रममा २३ गते मृत्यु भएको र उपचारकै क्रममा, भागदौड क्रममा र संरचनामा आगलागी हुँदा जलेर र निसासी भएर हालसमम ७३ जनाको मृत्यु भएपछि जेनजीहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
आज शुक्रवार संवाद डबलीमा जेनजीले आयोजना गरेको पत्रकार सम्मेलनमा आन्दोलन दबाउन राज्यको दुरुपयोग गरेको भन्दै उनीहरुलाई छिटो भन्दा छिटो पक्राउ गर्न माग गरिएको छ ।
कार्यक्रममा जेनजीका सल्लाहकार डा. निकोलश भूसालले राष्ट्रियसभा विघटन गरेर संविधानले संशोधन गरेर पत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्नुपर्ने बताए ।त्यस्तै उनले भने, उनले २०४६ सालपछिका सम्पूर्ण उच्च तहका नेता कर्मचारीको सम्पत्तिको छानबिन गर्न उच्चस्तरिय आयोग बनाउन समेत माग गरे ।
जेनजी आन्दोलनका घाइते हरि अधिकारीले सहिद परिवार नर्गिस थापाले आफूहरूले समाजमा व्याप्त कुशासनविरुद्ध आन्दोलन गरेको
बताए । उनले आफ्ना माग पूरा नभए आन्दोलन जारी रहेन समेत बताए । त्यस्तै, जेनजी सहिद परिवार नर्गिस थापाले आफ्ना परिवारको बगेको रगतको अपमान नहुने गरी सरकार अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा जेनजी सल्लाहकार कुशलव केसी, खेमराज साउद, खोजराज कटुवाल, निपेस ढाका अधिकारी, डा।सुन्दर थापा, वैज्ञानिक कपिल पौडेललगायतले शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी भए मात्र देश विकासको बाटोमा हिँड्ने बताएका थिए । उनीहरूले शिक्षा स्वास्थ्य निःशुल्क हुनुको साथै देशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताएका थिए ।

