Breaking News

नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाउदै

काठमाडौं । अन्तरिम सरकार गठनका लागि अहिले वार्ता र छलफल चलिरहेको छ । हिजो रातभरी भएको छलफल बिहान ३ बजेसम्म चिले पनि निष्कर्षमा नपुगेपछि आज बिहान ९ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै दिउँसो २ बजेका लागि बोलाइएको छ । जेनजी आन्दोलनका क्रममा केपी ओली नेतृत्वको सरकार ढलेपछि अन्तरिम सरकार प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्की बन्ने लगभग ेपक्का भएको हो । नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाउने भएको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार रातभर भएको जेनजी प्रतिनिधि, शुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलेसहितको वार्तामा अन्तरिम प्रधानमन्त्री कार्कीलाई बनाउन सर्वपक्षीय समझदारी बनेको हो । तर संसद् विघटन गरिनुपर्ने जेनजीहरूको मागमा भने राष्ट्रपतिले निर्णय दिन नसक्दा निष्कर्षमा पुग्न भने बाँकी छ ।

जारी छलफलमा संसद् रहेकै अवस्थामा गैरसांसद कार्कीलाई प्रधानमन्त्री बनाउने बाटो संविधानले नदिएको तर्क गरिएकाले निष्कर्षमा पुग्न कठिन भएको हो । तथापि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ (४) छन् ।