Breaking News

काँग्रेसकै नेताबाट गृहमन्त्री रमेश लेखकको राजीनामा माग

काठमाडौं । आजको जेनजीको प्रदर्शनमा सरकारले दमन गरेर अहिलेसम्म १४ जनाको मृत्दयु भएपछि काँग्रेसले आफ्नै पार्टीका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले गृहमन्त्री लेखकले तत्कालै राजीनामा दिनुपर्ने बताएका हुन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्,’गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनु पर्‍यो । यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनु पर्‍यो ।’