काठमाडौं । आजबाट सुरु भएको जेनजीहरूको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार १३ जनाको मृत्यु भइसकेको छ ।
ठमाडौंको एभरेस्ट अस्पतालमा तीन जनाको मृत्यु भएको छ।
सिभिल अस्पतालमा दुई, ट्रमा अस्पतालमा ६ जना, टिचिङ अस्पतालमा एक जना र केएमसी अस्पतालमा एक जनाको मृत्यु भएको हो।
दिउँसो बानेश्वरमा भएको जेनजी पुस्ताको आन्दोलनमा परी घाइते भएका तीन जनाको एभरेष्ट अस्पतालमा मृत्यु भएको एक डाक्टरले बताए।
योसँगे मृत्यु हुनेको संख्या १३ पुगेको छ।

