प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतपरिणाम : राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रोमा

प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार राति पौने १० बजेसम्मको मतगणनामा ७ हजार ५६० मत प्राप्त गर्दा माओवादीले मात्र ४ हजार ४४८ मत प्राप्त गरेको छ ।

यस्तै पहिलो स्थानमा रहेको कांग्रेसले ११ हजार ५०२ मत पाउँदा एमालेले १० हजार ८२ मत देशभर पाएको छ । यस्तै राप्रपाले ३ हजार ७३४ मत पाउँदा नेमकिपाले १ हजार ३३ तथा अन्य दलले ४ अंकको मत ल्याउन सकेका छैनन् ।