सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने

१८ कात्तिक, काठमाडौं । बलात्कार आरोपी सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ ।

जिल्ला अदालत, काठमाडौंले आज उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको छ ।

‘त्यही अनुसार उनलाई थुनामा पठाउने तयारी भइरहेको छ । लामिछानेले ५ भदौमा होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको भन्दै २१ भदौमा एकजना नाबालिकाले प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।