आज साउन महिनाको चौथो सोमबार बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीड

आज साउन महिनाको चौथो सोमबार बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।

साउने सोमबारको ब्रत बस्नुका साथै भगवान शिवको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने र घर परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वासका साथ बिहानैदेखि शिवालयमा भक्तजनको भीड लागेको हो ।

साउन महिनाको अर्को आकर्षण भनेको बोलबम हो। शिवभक्तहरु पहेँलो पोशाकमा सजिएर खाली खुट्टा पैदल यात्रा गर्दछन्। जसलाई बोलबम यात्रा भनिन्छ ।

बोलबम यात्रका लागि साउनको सोमबारलाई अझ विशेष मानिन्छ।