केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै

काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । २८ वैशाखमा एकैदिन सबैभन्दा उच्च ९ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकामा यो संख्या क्रमिक घटेर दैनिक ४ हजार ५ सयको हाराहारीमा पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक साताको संक्रमणदर आधार मान्दा दैनिक संक्रमित घटेको देखिएको छ । गत सोमबार ७ हजार ४ सय २५ जनामा संक्रमण देखिएको थियो । यस्तै, मंगलबार ८ हजार ६ सय ३६, बुधबार ६ हजार ७ सय १४, बिहीबार ६ हजार ९ सय ३९ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत शुक्रबार ६ हजार ९ सय ५१, शनिबार ४ हजार ४ सय ८७ जनामा संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ७० जनाको कोरोना परीक्षण गर्दा ४ हजार ३ सय ६९ जनामा संक्रमण देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

बार संक्रमित संक्रमणमुक्त परीक्षण
सोमबार ७४२५ ७१३५ २०४५३
मंगलबार ८६३६ ६४०४ २२९३६
बुधबार ६७१४ ६७१६ १९३५२
बिहीबार ६९३९ ७२२६ २०९९२
शुक्रबार ६९५१ ९८४१ २०११०
शनिबार ४४८७ ६०८० १४७५२
आइतबार ४३६९ ६२०५ १२७७०
पछिल्लो एक साता यता देशभरको संक्रमणदर