कांग्रेसले बोलायो सर्वदलीय बैठक

६ मंसिर, काठमाण्डौ । नेपाली काँग्रेसकाले आज अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएको छ ।
‘आज सर्वदलीय बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो ।

बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ ।

आइतबार नै कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरू छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र निरंकुश रहेको यी दलहरूले निष्कर्ष निकालेका छन् ।