आज ११८ कोरोना संक्रमित थपिदा काठमाण्डौं उपत्यकाका ४२ जना कोरोना संक्रमित थपिए

२६ असार, काठमाडौं । आज पछिल्लो २४ घण्टामा देशभर ११८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

यो सँगै कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।

यो संख्या मध्यमा ३५ जनाको मृत्यु भएको छ भने ८ हजार ११ जना निको भइसकेका छन् ।

आजै १२० जना कोरोना बिरामी डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुुसार सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा थपिएका छन् । काठमाडौंमा मात्र २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा १३, सुर्खेतमा ११, सर्लाही र तनहुँमा ८–८ जना, गुल्मीका ६ जना र धनुषा, महोत्तरी र पाल्पाका ४र४ जनामा संक्रमण पुष्टि भएको छ ।

इलाम, पाँचथर, सिराहा, काभ्रे, रौतहट, बाग्लुङ, नवलपरासी र दैलेखका २–२ जना तथा रसुवा, डोटी, चितवन, बाँके, भक्तपुर, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रुपन्देही, मकवानपुर, धादिङ, कैलाली, गोरखा, बाजुरा, डोल्पा र सल्यानमा एकरएक संक्रमित थपिएका छन् ।