११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा पुरुष ऐक्यबद्धता मार्च

२४ फागुन, काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा पुरुष ऐक्यबद्धता मार्च आयोजना गरिएको छ ।

दिवसको अवसरमा युवालय लगायतका विभिन्न संघसंस्थाहरुले बुधबार बिहान आयोजना गरेको पुरुष ऐक्यबद्धता मार्च भृकुटीमण्डपबाट शुरु भइ शहीदगेट, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर समापन भएको थियोे ।

मार्चपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नारी मुक्तिका लागि हरेक पुरुष प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । महिला–पुरुष बरीबरी नभएसम्म समृद्ध राष्ट्र नबन्ने भन्दै बस्नेतले महिला अधिकारका लागि पुरुष जागरण पनि उत्तिकै अपरिहार्य रहेको बताए ।

कार्यक्रममा सिविनका माधव प्रधान, युवालयका अध्यक्ष सन्तोष महर्जन, सञ्जिव अधिकारी लगायतले शुभकामना दिएका थिए ।