हंगेरीसँग १-० को गोलले इङ्ग्ल्यान्डको हार

हंगेरीलाई १-० को नतिजा सुम्पिँदै यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमै इङ्ग्ल्यान्डले हार व्यहोरेको छ । शनिबार हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह ‘ए ३’ को खेलमा जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

हंगेरीको जितमा खेलको ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले  पेनाल्टीमा निर्णायक गोल गरे । जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पराजित इङ्ल्यान्ड पुछारमा छ ।