कर्णाली प्रदेश सरकारमा रहेका माधव समुहका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन एमाले कर्णाली प्रदेश कमिटीको निर्देशन

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले कारवाही गरेर सर्वोच्चले पदवहाली गरेका कर्णाली प्रदेश सरकारमा रहेका माधव समुहका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन कर्णाली प्रदेश नेकपा एमालेले निर्देशन दिएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले तीनै जना मन्त्री अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा दिन निर्देशन दिएको हो ।

अदालतको अन्तरिम आदेशपछि पुनर्बहाली भएर पुनः एमालेमै फर्किए पनि संसदीय दलको बैठकमा बारबार आमन्त्रण गर्दा पनि उपस्थित नहुने, माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भइ आफ्नो पार्टीको निर्णय नमानेको भन्दै तत्काल राजीनामा दिन दलको बैठकले गरेको एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

पुनर्बहाली भएका चार सांसदद्वारा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा सहभागी हुन अस्वीकार
​यद्यपि, माधव समुहकै अर्का निर्णायक पात्रको रुपमा मानिएका प्रकाश ज्वाला भने दुईपटक बैठकमा सहभागी भइसकेका छन् । तर, सरकारमा रहेका तीन जनाले भने केन्द्रको निर्णयमा चल्नै भन्दै दुईपटक दलको बैठक बहिस्कार गरिसकेका छन् ।