पोखरामा ४ जना कोरोना संक्रमितको मृत्यु

२३ वैशाख, काठमाडौं । कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार हिजो राति र आज बिहान गरी कुल ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन जना र म्याग्दीको धौलागिरि गाउँपालिकाका एकजना रहेका छन् ।