Breaking News

प्रधानमन्त्री निवास बालुवाटारमा ओली निकट सांसदहरुको बैठक जारी

६ मंसिर, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरूको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरू पनि छन् ।

लेखराज भट्टसमेत सहभागी छन् । गृहमन्त्री रामबहादुर थापा (बादल) भने बालुवाटारको बैठकमा सहभागी छैनन् ।

संसद विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।

आजै प्रचण्डमाधव नेपाल पक्षले पनि सांसदहरूको अलग्गै बैठक बोलाएका छन् ।